कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनलाई अन्तिम रुप दिने गरी दोस्रो दिनको बैठक सकिएको छ ।

 

पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेकाे क्रमश: नीतिगत, सांगठनिक र राजनीतिक प्रश्तावलाई अन्तिम रुप दिने गरी सकिएको हो ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले बैठकले महासमितिमा प्रश्ताव हुने प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रिय कार्यसमितिबाट आएका प्रश्तावलाई मिलाएर लैजाने गरी एकतावद्ध भएर सम्पन्न गरेको बताए ।

 

कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।

 

केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दूराष्ट्रको पक्षमा उभिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई २२ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका हुन् ।

 

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा हुँदैछ । यसैको तयारीमा कांग्रेसका नेताहरुलाई भ्याई नभ्याई छ ।

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

.