नेपालमै पहिलोपटक हुलाक टिकट छाप्न सुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  नेपालमा ६४ वर्षपछि हुलाक टिकट छपाइ सुरु भएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री केन्द्रसँग समन्वय गरेर २०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न सुरु गरेको हो ।

 

शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षाले छापेको शहीद कामी बुढा, रामवृक्ष यादव, नेत्रलाल पौडेल र ऐतिहासिक व्यक्तित्व साहना प्रधानको मुखाकृत हुलाक टिकटमा टाँचा लगाएकी छन् ।

 

विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएपनि आगामी दिनमा नेपालमै टिकट छाप्न सकिने हुलाक सेवा विभागको भनाइ छ ।

 

जनक शिक्षाले छापेको  ती टिकट प्रचलनमा आइसकेकाे सञ्चारमन्त्री शर्माका प्रेस विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.