‘प्रधानमन्त्रीसँग मेरो कुनै विवाद छैन, हामी निरन्तर संवादमा छाैँ’ 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको बताएका छन् ।

 

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले केही सञ्चारमाध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा विवाद बढेको भन्ने आए पनि त्यस्तो कुनै विवाद नरहेको दाबी गरे ।

 

‘प्रधानमन्त्री र अर्थमन्त्रीको कुरा मिलेको छैन भन्ने कुरा आएको छ । हाम्रो निरन्तर संवाद छ । वादविवाद छ’, महतले भने, ‘प्रधानमन्त्रीसँग त्यस्तो कुनै विवाद छैन ।’

 

उनले प्रधानमन्त्रीसँग आफ्नो हरेक विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिए ।

 

उनले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए । अर्थमन्त्री महतले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको भन्दै आम्दानी र खर्चको अनुमान मात्रै गरेको बताए ।

 

‘संसद्ले पारित गरेको विषयबीचमा बजेट कटौती र संशोधन गर्न सक्दैनौं । मन्त्रालयले बजेट कटौती गरेको होइन’, उनले भने, ‘जति सम्भव हुन्छ बढीभन्दा बढी खर्च गर्न कोसिस गर्छौं । राजस्व पनि जति सम्भव हुन्छ । त्यो उठाउन कोसिस गछौं ।’

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.