भारतका किसानले गरे आज देशभर बन्द आह्वान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् ।

 

किसान प्रतिनिधि र सरकारबीच बिहीबार बेलुकी ८ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म भएकाे वार्ता विफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन्

 

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य काम पनि बन्द छन् । बन्दका कारण राजधानी दिल्लीसहितका राज्यमा कडा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

 

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले समेत समर्थन गरेका छन् ।

 

नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔँ’ अभियान सुरु गरेका थिए ।

 

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

.