एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल : मलेसियासँग नेपाल ४ विकेटले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल खेलमा मलेसियासँग नेपाल ४ विकेटले पराजित भएकाे  छ ।

 

मलेसियास्थित बायुएमास ओभलमा मलेसियासँग टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएर मलेसियालाई ११६ रनको लक्ष्य दिएकाे थियाे । मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

 

मलेसियाको जितका लागि एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको बनाइन् । मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रन बनाए । नेपालको सीता रानामगर २ विकेट लिइन् । रुविना क्षेत्रीले एक विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले एक विकेट लिइन् ।

 

नेपालका लागि कप्तान इन्दु बर्माले ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । डली भट्टले  १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् । कविताले ३१ बलमा २ चौकासहित २३ रन बनाइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।

 

मलेसियाकी महिराह इजाती इस्मालीले २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले एक विकेट लिइन्  ।

 

मलेसियासँग पराजित भएसँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ ।

 

 

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.