दियो चोरेको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एकजना पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका-७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् ।

 

बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएका हुन् । बूढीगंगा-७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी हुन् ।

 

घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन् । माझीको घरबाट हराएको दियो चोरेको ती वृद्धमाथि आरोप लगाइएको छ । झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन् ।

 

प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो । माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको भन्दै मलमूत्र खुवाएको स्वीकारेकी छन् । पीडितले किटानी जाहेरी दिइसकेका छन् । अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।

 

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.