चार वटा संसदीय समितिको बैठक बस्दै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

 

बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उपसमितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ता सदस्यसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा छलफल गरी पारित गर्ने कार्यसूची छ।

 

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

 

बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा अपाङ्गता भएकाको विषयमा राष्ट्रिय सभाबाट स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि एकीकृत कार्यान्वयन योजना सम्बन्धमा छलफल हुनेछ।

 

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको छ । बैठकमा ऐन कार्यान्वयन मापन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.