सिन्धुलीमा मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । सिन्धुलीको दुधौली नगरपालिका-१० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमरको मृत्यु भएको हो ।

 

सिन्धुलीको दुधौली नगरपालिका-९ आँपडाडामा स १० प ३९०९ नं. को मोटरसाइकल र प्र.१-०५-००१ प ६२८६ नम्बरको मोटरसाइकल ठोकीदा दुवैजना सडकबाट १० फिट तल खेतमा खसेका थिए ।

 

कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो । उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकल चालक दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतको दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.