महँगोमा औषधी बिक्री वितरण गरिरहेका दुई फार्मेसी बन्द गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कानुन विपरीत महँगोमा औषधी बिक्री वितरण गरिरहेका वीर अस्पताल परिसरका दुई फार्मेसी बन्द गर्न निर्देशन दिएका छन् ।

 

आज औषधी व्यवस्था विभागका अधिकारीको समेत निरीक्षण पछि निजी स्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्मा  बन्द गर्न स्वास्थ्यमन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

 

उपकार र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधी महँगोमा बिरामीलाई बिक्री वितरण गरिरहेको फेला परेपछि दुईवटै फार्मेसी बन्द गरिएको हो ।

 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था रहेकाे बताए । उनले भने, सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधी विक्री वितरण गरिरहेको, म्याद गुज्रेका औषधी विक्री वितरण गरिरहेको र औषधीको भण्डारण पनि सही ढङ्गले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको हाे ।’

 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा‍.विकाश देवकोटा, डा. दीपेन्द्र रमण सिंह र नीति तथा योजना डा.कृष्ण पौडेल र औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्ट, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेका थिए । अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी भएका थिए ।

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

.