कांग्रेस महासमिति बैठक : नौ उपसमिति गठन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ ।

 

कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।

 

गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो ।

 

कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार-प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा र स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजंग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ ।

 

यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

 

स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिए ।

 

महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरेको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ ।

 

बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.