माओवादीको तेस्रो दिनको विधान सम्मेलन प्रज्ञा भवनमा सुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको तेस्रो दिनको विधान सम्मेलन प्रज्ञा भवनमा सुरू भएकाे छ ।

 

फागुन १ गतेबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत गरेका छन् । आज बाँकी ७ वटा समूहले प्रस्तुती दिने छन् ।

 

विधान सम्मेलनमा छलफलका निष्कर्ष पेस गरिसकेपछि प्रचण्डले जवाफ दिने विधान मस्यौदा संयोजक पम्फा भुसालले जानकारी दिइन् । माओवादीका नेता एवं कार्यकर्ताले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन् । अधिवेशनमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले पार्टीको नाम नै फेर्न सुझाव दिएका हुन् ।

 

समूहका संयोजकहरुले पार्टीको अहिलेको नाम उपयुक्त नभएको भन्दै समाजवादी चरित्रको अर्को नाम राख्नुपर्ने माग गरेका थिए । चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा असजिलो भएको भन्दै उनीहरुले सजिलो खालको अर्को चुनाव चिह्न राख्न सुझाव दिएको भुसालको भनाइ छ । नेताले पार्टीको नाम फेर्ने विषय उठाएका छन् भने माथिदेखि तल्लो तहसम्म कार्यकाल तोकिनुपर्ने सुझाव पनि आएको छ । हाल प्रस्तुत गरिएको विधानको मस्यौदामा कार्यकाल तोकिएको छैन। यस्तै, केन्द्रदेखि तल्लो तहसम्मै प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नुपर्ने विषय पनि सहभागीहरुले उठाएका छन् ।

 

विधान अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ । विधानमार्फत सांगठनिक संरचनामा परिवर्तन गर्न खोजेको माओवादीले केन्द्रीय समितिको आकार पनि घटाउने तयारी छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारी सहभागी छन् ।

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

.