आईसीसी विश्वकप लिग-२ मा सुखद् शुरुवात गर्नेछौँ कप्तान पौडेल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले योपटक आईसीसी विश्वकप लिग-२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको प्रतिक्रिया दिएका छन् । नेपालले तीन वर्षको लिग-२ साइकल बिहीबार तीनदेशीय श्रृंखलाबाट शुरुवात गर्दैछ ।

 

नेपालका कप्तान रोहितले गत संस्करणको लिग-२ मा सुखद् शुरुवात हुन नसकेको भन्दै यो पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरे । नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आईसीसी विश्वकप लिग-२ (२०२३-२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको ‘डेब्युटेन्ट’ टोली पनि हो ।

 

‘नेदरल्याण्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली भएकाले यो श्रृंखला रोमाञ्चक हुने आशा छ’, कप्तान रोहितले भने, ‘राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्नेछौँ ।’ उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन् ।

 

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको भन्दै योपटक पनि सुखद् शुरुवात गर्ने धारणा राखे । क्यानडाको श्रृंखलाबाट नै लिग-२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताए । उनले दुवै टोली बलियो रहे पनि आफूहरू हरेक बलका लागि खेल्ने बताए ।

 

प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताको रहेको विश्वास गरे ।

 

नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरे । नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी-२० फरम्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताए ।

 

नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ । दोस्रो खेल नामिबियासँग नै फेब्रुअरी १७ मा खेल्नेछ । यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.