लुम्बिनी विकास गुरुयोजनामा रास्वपाले थाल्यो दबाब यात्रा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राष्ट्रव्यापी दबाब अभियान’ अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न पैदल यात्रा गरेको छ ।

 

पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले बुधकार करिब १० किलोमिटर पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब यात्रा थालेको हो ।

 

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रास्वपाले दबाब यात्रा थालेको हो । अभियानमा पार्टी सभापति लामिछाने, लिमा अधिकारी, दीपक बोहरा, लक्ष्मी तिवारी, प्रमिला कुलुजु, क्रान्तिशिखा धिताललगायत सहभागी छन् ।

 

२०७७ सालमा ७.५ अर्बको स्रोत सुनिश्चिता भएपनि ३ अर्बको पहुँचमार्ग निर्माण गर्ने ०७७ सालमा ठेक्का हालसम्म २.५ अर्ब खर्च भएपनि बजेट विनियोजन नभएर अलपत्र परेको रास्वपाले जनाएको छ ।

 

सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाइ गर्ने छुट नरहेको बताए । ​

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.