कांग्रेस युवा नेताहरुले थाले महासमितिकाे बैठकबारे छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका लागि युवा नेताले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो ।

 

कांग्रेस युवा नेता भूपेन्द्र जङ्ग शाहीले पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको बताए ।

 

सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका जल्दा बल्दा समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षलाई समेटेर छलफल गर्नुपर्ने जनाइएको थियो ।

 

पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि पार्टीका शीर्ष नेताले भूमिका खेल्नुपर्ने जनाइएको थियो ।

 

छलफलमा कांग्रेसका युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्र शाही, बंसलाल तामाङ, मैना कार्की, गोमा केसी, रमिला महत, टेकराज पौडेल, नारायण भट्टराई, विनोद खनाल, मनोहरि श्रेष्ठ, मोतीलाल भण्डारी, प्रेमिका रानालगाएतको उपस्थिति रहेको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.