जनयुद्ध दिवसको बिदा खारेजी गर्ने निर्णयमा अदालतले पुनर्विचार गरोस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । माओवादी केन्द्रका नेताले जनयुद्ध दिवसको बिदा खारेज गर्ने निर्णयमा सर्वोच्च अदालतले पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

 

आज सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनयुद्धका देन मान्नु तर दिवस मान्दिनँ भन्नु बिडम्बनापूर्ण भएको बताए । उनले जनयुद्धका उपलब्धि ग्रहण गर्ने र जनयुद्ध नस्वीकार्ने प्रवृत्ति ठिक नभएको तर्क गरे ।

 

उनले अवसरवादी प्रवृत्तिका केही दल तथा राज्य सञ्चालनका महत्त्वपूर्ण भूमिकामा रहेका जनयुद्धबाट प्रत्यक्ष लाभ लिए पनि नियोजित रुपमा आफूहरुको आन्दोलनबारे जनतामा भ्रम फैलाउन उद्धत रहेको बताए ।

 

माओवादी केन्द्रकी केन्द्रीय सदस्य जयपुरी घर्तीले जनयुद्ध र जनआन्दोलनकै कारण देशमा राजनीतिक परिवर्तन भएको दाबी गरिन् । उनले जनयुद्ध दिवस मनाउने नेपाली जनताको अधिकार भएको बताइन् ।

 

पार्टीका अर्का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले जनयुद्ध दिवसका सन्दर्भमा अदालतले गरेको निर्णय गलत भएको बताए । उनले आदेशका क्रममा अदालतले जनयुद्ध भनेर नभनेको तर्क समेत गरे ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.