कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । नीति अधिवेशनको विकल्पमा व्याख्या गरिएको महासमिति बैठकको लागि आठ उपसमिति गठन भएको र तयारी अन्तिम चरणमा पुगेको हो ।

 

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले महासमिति बैठकको तयारी अन्तीम चरणमा पुगेको बताएको छ । पार्टीको १४ औँ महाधिवेशनपछि पहिलोपटक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले बताएको हो । जसका लागि गठन गरिएका बिभिन्न उपसमितिले जिम्मेवारीपूर्वक काम गरेको र तयारी अन्तिम चरणमा पुगेको कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने व्यवस्था छ र त्यसैलाई टेकेर बैठक हुन लागेको उनको भनाई थियो । यसअघि पटक-पटक मिति तोकेर स्थगित हँदै आएको महासमिति बैठक यो पटक भने कुनै पनि अवस्थामा नसर्ने पनि विश्वकर्मा बताउछन् । महासमिति बैठकमा पार्टीको विधानदेखि आगामी रणनीतिका बारेमा खुलेर बहस हुने बताएको छ । १४ औँ महाधिवेशनमा नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेकोले महासमिति बैठकबाट आगामी नीति तय गर्न लागेको पनि प्रचार विभाग प्रमुख विश्वकर्मा बताउछन् ।

 

महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल गरि मुलुकको वर्तमान अर्थतन्त्र, समाज, समस्या र तिनको निकासका विषयलाई पार्टीले एजेण्डाको रुपमा तय गरेको छ । त्यसैको तयारीका लागि महासमिति बैठकअघि फागुन ३ गते केन्द्रीय समिति बैठक बोलाएको छ । महासमितिमा प्रस्तुत गरेका प्रस्तावहरु केन्द्रीय समिति बैठकबाट पास भएका प्रतिवेदन महासमिति बैठक पेस हुनेछ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीले लिने समग्र नीतिको विषय समेटिएको नीतिगत प्रतिवेदन, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

 

महामन्त्रीद्वयले छुट्टाछुट्टै एजेन्डालाई संयुक्त खाकाका रूपमा तयारी गरेका छन् । महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, निर्वाचित महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिका प्रतिनिधित्व सदस्यको साथै पर्यवेक्षक गरी २५ सयभन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुनेछन् । महासमितिमा सहभागीहरुका लागि बेलुकीको खाना र बासको व्यवस्था आफैँले गर्नुपर्ने तर पछि भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था छ । खर्चको व्यवस्थापन सहभागीको दर्ता शुल्क र कांग्रेसको आन्तरिक कोषबाट व्यवस्थापन गरिने जनाइएको छ । कांग्रेसले महासमिति बैठकका लागि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र बुक गरिसकेको छ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.