माओवादीको विधान सम्मेलन आजदेखि

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको विधान सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा सुरु हुनेछ ।

 

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार तीन सय प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिबार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो ।

 

आइतबार र सोमवार भएको केन्द्रीय कमिटी बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समीक्षा भएको थियो । सो अभियानले माओवादीलाई थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नु पर्नेमा जोड गरेका थिए ।

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

.