ललितपुर घटना : महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीकाे निष्कर्ष

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । प्रहरीले ​​​ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोलमा आफ्ना २ सन्तानको हत्या गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको छ ।​​

 

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले इमाडोलको ओचुहाटइटमा बस्ने रविना महर्जनले उनकी छोरी दुई वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

 

एसपी कार्कीका अनुसार छोराछोरीको शरीरमा कुनै पनि चोट पटक लागेको देखिएको थिएन । प्रहरीले तीनै जनालाई किष्ट अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको घोषणा भएको उनले बताए ।

 

रविनाले आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । उनका छोराछोरीको छुट्टाछुट्टै कोठामा अचेत अवस्थामा भेटिएका थिए ।

डोल्पामा डढेलोमा घाइते भएका तीनै जना बालकको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालकको मृत्यु भएको छ ।   गत...

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

.