नक्कली सुन देखाएर ठगी गर्ने पाँच जना पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।

 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टिम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर तामाङ, बाह्रबिसे नगरपालिका-८ का ४८ वर्षीय जितबहादुर तामाङ र बाह्रबिसे नगरपालिका-५ घर भई मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ पक्राउ परेका हुन् ।

 

उनीहरूले आफूसँग एक किलो सुन भएको बताउँदै त्यसमा लगानी गर्न भनेर मध्यपुरथिमी नगरपालिकास्थित कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षीया विनिता थापा मगरसँग ७ लाख ७५ हजार रूपैयाँ ठगेका थिए ।

 

उनीहरूले सुरूमा लगानी गरिसकेपछि बेचेर आएको पैसा बराबर भागबन्डा गर्ने भनेर विनितासँग पटकपटक गरी सात लाख बढी पैसा लिएपछि सम्पर्कविहीन भएका थिए । त्यसपछि विनिताले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट झन्डै ३ लाख रूपैयाँ बरामद गरेको छ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.