माओवादीकाे केन्द्रीय समिति बैठक सुरू

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभा गृहमा सुरू भएकाे छ ।

 

आजको बैठक पार्टीको चारमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समीक्षामा केन्द्रित हुने पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

 

चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका साथसाथै सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको कामकारबाही र आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा हुने विधान सम्मेलनबारेमा पनि छलफल हुनेछ ।

 

सम्मेलनमा प्रस्तुत गरिने विधानका बारेमा प्रारम्भिक छलफलका लागि गत शुक्रबार र शनिबार स्थायी समिति बैठक बसेको थियो । सो बैठकमा केन्द्रीय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिइएको छ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.