कतारले जित्यो एसियन कपको उपाधि

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ ।

 

घरेलु मैदानमा भएको फाइनलमा जोर्डनलाई ३ -१ गोलले पराजित गर्दै कतार एसियन च्याम्पियन बनेको हो । कतारका जितका लागि अक्रम अफिफले ह्याट्रिकले सबै गोल पेनाल्टी मार्फत गरे ।

 

कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । यजान अल९नैमातले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो।

 

७२औं मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो। सो अवसरमा अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए। तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौं मिनेटमा आएको थियो। यसपटक पनि अफिफ माथि नै फाउल भएको थियो। उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे ।

 

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २९१ को जित निकालेको थियो।

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

हङकङसँग पराजित भएपछि नेपालले इमर्जिङ कप पनि खेल्न नपाउने

काठमाडौं । एसिया कप छनोटबाट बाहिरिएको नेपाल ‘इमर्जिङ एसिया कप’ बाट पनि वञ्चित भएको छ ।   एसीसी प्रिमियर...

६ नेपाली खेलाडीले सुपर वुमन्स कप खेल्ने

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टाेलीका ६ खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् ।   मलेसिया क्रिकेट...

लखनउसँग चेन्नाइ पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित भएको...

एसीसी प्रिमियर कप २०२४ : तेस्रो स्थानका लागि नेपालले हङकङको सामना गर्दै

काठमाडाैं । ओमानमा जारी एसीसी प्रिमियर अन्तर्गत नेपालले तेस्रो स्थानका लागि हङकङको सामना गर्दै छ । खेल शनिबार नेपाली...

.