‘आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।

 

शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।

 

उनले नुवाकोटमा अब धेरै रोजगारीको सम्भावना बढ्ने र व्यापारिक गतिविधि चलायमान हुने  बताए । ‘नुवाकोटमा अहिले विकास निर्माणका धेरै काम अगाडि बढेका छन् । चीनसँग जोडिने सडक विस्तार हुँदैछ, व्यापारिक नाकाको रुपमा विकास हुँदैछ । छहरे-टोखा सुरुङमार्ग अगाडि बढाउने प्रतिबद्धता हामीले गरेका छौं’, महतले भने ।

 

उनले विविध भौगोलिक र जातजातिले भरिएको देश बताए ।

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

.