बीपी प्रतिष्ठानका शिक्षक-कर्मचारी आन्दोलन छाडेर काममा फर्किए

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । आन्दोलनमा उत्रिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक-कर्मचारी एक महिनापछि काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता फागुन ६ देखि सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक-कर्मचारी काममा फर्किएका हुन् ।

 

शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ महिनादेखि रोकिएको बढुवाको अन्तर्वार्ता फागुन ६ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

निर्णयपछि शनिबार उपकुलपतिको कार्यालयमा भएको छलफलले आन्दोलन फिर्ता लिने र शिक्षक-कर्मचारी काममा फर्किने सहमति भएको हो । उपकुलपति कार्की र आन्दोलनरत पक्षबीच भएको सहमतिमा स्थगित भएको अन्तर्वातासञ्चालन गर्ने र नतिजा एक साताभित्र प्रकाशन गर्ने उल्लेख छ ।

 

यस्तै, आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई प्रतिष्ठानको व्यवस्थापन पक्षले कारबाही नगर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको बताइएको छ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.