केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई उच्च प्राथमिकता दिएर व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

 

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभामाला अध्यक्ष ढकालले नेपाल-चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाका जाने सडक पूर्वाधार तुलनात्मक रूपमा कमजोर रहेको बताए ।

 

उनले सरकारले चीनसँगको व्यापार व्यवसाय सहज बनाउन सबैभन्दा पहिला सडक सञ्जाल व्यवस्थित बनाउनुपर्ने बताए । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको धारणा राखे ।

 

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताले व्यावसायिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको दाबी गरे ।

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.