संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छाैँ : प्रधानमन्त्री

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका छन् ।

 

सोनाम ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीयता सदृढ गर्न र प्रदेशलाई बलियो बनाउन संघीय निजामती ऐन मन्त्रिपरिषद्बाट टुंग्याएको बताए । उनले प्रहरी समायोजन ऐन कार्यान्वयन र अन्य ऐन पनि अन्तिम चरणमा पुर्‍याएको दाबी गरे ।

 

प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल चाँडै विस्तार हुने जानकारी दिए । उनले पहिचान र अधिकारको पक्षमा संघर्षरत पक्षलाई राजनीतिक शक्ति र नेतृत्वको वरिपरी गोलबन्ध हुन आग्रह गरे । पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धि प्राप्त गरी छाड्ने उनको भनाइ छ ।

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.