‘सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताएकी छन् ।

 

आज नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोस्रो साधारणसभाको उद्घाटनमा उनले सरकारी, निजीलगायत क्षेत्रमा सुशासनको प्रत्याभूतिसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताइन् ।

 

‘स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो हो । स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्या बनेको छ’, मन्त्री शर्माले भनिन् , ‘सरकारी क्षेत्रमा अनियमितता र चुहावटको ठूलो समस्या छ । निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायत धेरै समस्या देखिएका छन् ।’

 

कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि क्षेत्रको विकासबाट मुलुकको समृद्धि सम्भव रहेको जनाउँदै उनले यी क्षेत्रमा उत्पादन वृद्धि गरेर त्यसबाट आउने प्रतिफलको हिस्सेदार आमजनतालाई बनाउनुपर्ने बताइन् ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

.