एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालसँग हङ्कङ आठ विकेटले पराजित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसँग हङ्कङ आठ विकेटले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

 

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरे । इन्दुले ४० रनको योगदान गरिन् । उनले केवल ३३ बलको सामना गरी एक छक्का र तीन चौका पनि गरिन् । भने सीताले ३८ बलको सामना गरी एक छक्का र एक चौका पनि प्रहार गरिन् । त्यसअघि ओपनर कविता कुँवर चार रन बनाउँदै आउट भएकी थिइन् । कविता आउट हुँदा नेपालले केवल ११ रन बनाएको थियो ।

 

त्यसपछि इन्दु र सीताले नेपालको स्कोरलाई ८७ रनको स्थितिसम्म पुर्‍याएका थिए । रुबिना क्षेत्री शून्य रनमा अविजित रहिन् । नेपालले अतिरिक्त रूपमा १५ रन पायो । त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ रन बनाइन् । मारियम बिबीले १९ रन जोडिन् । यासविन दसवानीले १५ र नताशा माइल्सले ११ रन बटुले । नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई(दुई विकेट लिए । कविता जोशी र सीता रानामगरले पनि एक(एक विकेट हात पारे । एसियाली क्रिकेट काउन्सिल ९एसीसी० ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

 

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । नेपाल र हङ्कङसँगै भुटान र मालदिभ्स पनि समूह ‘डी’ मा परेका छन् । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । नेपाल र माल्दिभ्सबिचको तेस्रो खेल भने मंगलबार खेलिने छ ।

 

प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई(दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.