कोशी प्रदेश सरकार र पुन: नामकरण संघर्ष समितिबीच पाँच बुँदे सहमति

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कोशी प्रदेश सरकार र १ नम्बर प्रदेश पुन: नामकरण संघर्ष समितिबीच वार्ता सहमति भएकाे छ ।

 

आज दोस्रो दिन भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने विषयमा पाँच बुँदे सहमति भएको हाे ।

 

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

 

यसैगरी, आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्ण व्यवस्था गर्न प्रदेश सरकार तयार भएको छ । पहिचानको आन्दोलनका क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्दा लागेका व्यक्तिको मुद्दा फिर्ता प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने उल्लेख छ ।

 

अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने भएका छन् ।

 

वार्ता समितिको तर्फबाट सांसदहर कमल प्रसाद जबेगु, गणेश प्रसाद उप्रेति र प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । वार्ता समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गाविन्द्र बहादुर आङबुहाङ, युवराज राई र दिवस राईको हस्ताक्षर छ ।

 

koshi11

 

 

 

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

.