साफ यू-१९ महिला च्याम्पियनसिप : भारत र बंगलादेश संयुक्त विजेता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । साफको प्रतियोगितामा दुई टिमलाई संयुक्त विजेता घोषणा गरिएको यो पहिलो पटक हो ।

 

बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेका थियो । तर दुवै टिमले ११-११ गोल गरेपछि खेल बराबरी भयो । फाइनल खेल खेलाएका नेपाली रेफ्री अन्जन राईले टस मार्फत भारतलाई विजेता घोषणा गरिन् ।

 

तर बंगलादेशले रेफ्रीको निर्णयमा गम्भिर असहमती जनाउँदै फाइनल खेल सकिएपछि पनि मैदान छाड्न मानेनन् । अन्त्यमा दुवै टिमलाई संयुक्त विजेता घोषणा गर्ने निर्णय गरिएको दक्षिण एसियाली फुटबल महासंघ साफले जनाएको छ ।

 

प्रतियोगितामा कूल ४ टिम सहभागी थिए । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल एक खेल जित्दै तेस्रो स्थानमा रहेर फाइनल होडबाट बाहिरिएको थियो ।

रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडसँग बार्सिलोना पराजित भएकाे छ । गएराति भएको खेलमा मड्रिडसँग बार्सिलोना ३-२ गोलले...

क्रिकेटर लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा...

एफए कप फुटबल : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौं । एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।   गएराती भएको खेलमा सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई...

गुजरातसँग पञ्जाब पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत भएको खेलमा गुजरात टाइटन्ससँग पञ्जाब किंग्स पराजित भएको छ । गएराति भएको...

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

.