टीकापुर जग्गा घोटाला प्रकरण : २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

 

अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसहित २४९ जनाविरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

 

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई नगर विकास समितिका प्लट घडेरी किनबेच र हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

 

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ-संस्थालाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था उल्लंघन भएको ठहर छ । निर्देशिका बमोजिम उपलब्ध गराउनुपर्नेमा नगरी मिलेमतोमा जग्गा व्यक्तिको नाममा गरेको अभियोगपत्रमा उल्लेख छ ।

 

तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको पाइएको हो ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

.