राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीकाे निर्देशन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।

 

बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले राजस्वको लक्ष्य भेटाउन उच्च कर्तव्यनिष्ठताका साथ कर्मचारीलाई काम गर्न निर्देशन दिए ।

 

मन्त्री डा.महतले भने,‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छे हाम्रो राज्यसंयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्टि हुनुपर्छ । मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन ।,’

 

भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्न कर्मचारीलाई निर्देशन दिए । ‘कार्यरत कर्मचारी एक वर्ष नभइ सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ उनले, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।,’

 

अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने उनले बताए ।

 

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.