सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

 

भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

 

बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ । पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन् ।

 

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

.