खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।

 

केन्द्रीय सदस्य सरस्वती बजिमय, प्रदेश महामन्त्री भुपेन्द्र राई, महाधिवेशन प्रतिनिधि नरेशकुमार श्रेष्ठ र हिरा गुरुङ लगायत १३ जना महाधिवेशन प्रतिनिधिले विज्ञप्ति जारी सार्वजनिक सञ्चार माध्यमवाट महासमिति निर्वाचन सम्पन्न सूचना प्राप्त भएको भन्दै भत्र्सना गरेका हुन् ।

 

उनीहरूले खोटाङ कांग्रेसको नेतृत्व विवादित भएर लामो समयदेखि अनुशासनको कारवाहीको क्रममा रहेका व्यक्तिलाई निर्वाचित गराएको भनी आक्रोश प्रकट गरेका छन् ।

 

‘विशेषगरी खोटाङ कांग्रेसको सभापति विष्णुकुमार राई र महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले विगत चुनावमा पाटी नीति विपरीत काम गरी पार्टीलाई गम्भीर क्षति पुगेको भनी सवुत प्रमाणसाथ सो विषय जिल्ला र प्रदेशले कारवाहीको सिफारिस गरी पाटी केन्द्रीय अनुसासन समितिले कारवाहीको लागि स्पष्टीकरण सोधी सकेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विवादित व्यक्तिहरु सोही सिद्धान्त बमोजिम मौन वा तटस्थ वस्तु पर्नेमा हामी अधिकांश महाअधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुलाई कुनै जानकारी तथा सूचना नै नदिई एकएक महासमिति सदस्य निर्वाचनको नाटक मञ्चन गरी आम सञ्चार माध्यममा पोष्ट तथा शेयर समेत गर्ने काम गरेको प्रति हामी महाधिवेशन प्रतिनिधि तथा सिङ्गो खोटाङ कांग्रेस आश्र्चय चकित छौँ।’

 

कुनै पनि विषयमा कारवाहीको सिफारिस गरिएको व्यक्तिलाई निर्वाचित भएको घोषणा गर्नु गैरकानुनी र अराजक भएको उनीहरूको भनाइ छ ।

रास्वपा सरकारमा जाने

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा जाने निर्णय गरेको छ ।   सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा...

मन्त्रीको नाम बोकेर ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।   पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल...

देउवाले बाेलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।   सभापति देउवाले  १० बजे आफ्नै निवास...

एमालेबाट पदम गिरी मन्त्री बन्ने

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।   बालकोटमा बसेको एमाले सचिवालय...

सत्ता गठबन्धन भत्कियो, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदै

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्...

जसपाले बाेलायाे आकस्मिक बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल...

.