गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ दिने तयारी भएको बताएका छन् ।

 

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीसँगको छलफलमा मन्त्री किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी भएको बताए ।

 

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट जसले नियमित उडान गर्छ, त्यसलाई इनामस्वरुप प्रत्येक उडानको ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौँ, मन्त्री किरातीले भने ।

 

उनले भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गृहकार्य भइरहेको बताए । मन्त्री किराँतीले गौतमबुद्ध विमानस्थलमा राज्यको ४३ अर्बभन्दा बढी लगानी रहेको र निजी क्षेत्रले समेत ७० अर्बभन्दा बढी लगानी गरेको भन्दै त्यसप्रति आफू चिन्तित रहेको बताए।

उनले आफू भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा दृढ रहेको भन्दै सरकारी व्यवस्थापनमा समस्या आए निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि उडान सञ्चालन गर्ने बताए ।

नयाँ गठबन्धनका चार दलको बैठक जारी

काठमाडौं । नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष...

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कानुन समितिको बैठक स्थगित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।   प्रतिनिधिसभा...

.