मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।

 

मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका क्रममा आइतबार बिहान अछामको विनायकमा पत्रकारसित कुरा गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए ।

 

उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साहित गरेको बताए । उनले भने, ‘हामी सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साहित गरेका छौँ ।’

 

२०७९ जेठ १७ गते भएको बेपत्ता भएका शाही पछि मृत भेटिएका थिए । ‘मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो’, ओलीले भने, ‘म विनोद शाहीलाई शहीदको रुपमा घोषणा गर्दछु ।’

 

ओलीले शाहीलाई शहीद घोषणा पनि गरे ।

नयाँ गठबन्धनका चार दलको बैठक जारी

काठमाडौं । नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष...

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज...

.