सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।

 

बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले कम बोल्ने तर काम गर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरे । उनले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’

 

उनले गौतमबद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् । सभापति देउवाले बुद्धको जीवन दर्शनप्रति विश्वभर नै आस्था बढ्दै गएको बताउँदै अन्य धार्मिक समुदायले समेत बुद्धिजमलाई आत्मसाथ गरेकोले लुम्बिनीको भूमिमा भइरहेको कांग्रेसको प्रदेश सम्मेलन महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

 

उनले अहिलेसम्म नेपाली कांग्रेसले देशलाई हरेक मोडमा नेतृत्व गरेको बताउँदै अब पनि नेतृत्व गर्ने दिन आएको बताए ।

नयाँ गठबन्धनका चार दलको बैठक जारी

काठमाडौं । नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष...

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज...

.