बैंकले १६ प्रतिशत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गरेका छन् ।

 

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको कार्यक्रममा गभर्नर अधिकारीले उद्योगी व्यवसायीले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए ।

 

उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गरे । उनले व्यवसायीले बैंकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । उनले व्यवसायीले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेका लागि प्रोत्साहन मिल्ने बताए ।

 

उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए । उनले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए ।

नयाँ गठबन्धनका चार दलको बैठक जारी

काठमाडौं । नयाँ गठबन्धनका चार दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष...

नयाँ गठबन्धनमा रविले रास्वपाको नेतृत्व गर्ने, चार मन्त्रालयको दाबी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् ।   उनले गृह मन्त्रालयमा दाबी गरेका...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यही शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको...

जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।   पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी...

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज...

.