चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो ।

 

चिसोका कारण केही दिनदेखि बिरामी भएकी बालिकाको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज सोमवार ज्यान गएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ पुगेको छ । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

 

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् ।

 

त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेका र ज्यान गुमाउने तथा सिकिस्त हुने क्रम बढेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

.