बाल अधिकारको प्रत्याभूति दिलाउन मानव अधिकार आयोगको आग्रह


काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
बालअधिकारका सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र गराउन, बालअधिकारको हननमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न, बालबालिकाको आधारभूत अधिकारको सुनिश्चितता गरी बालअधिकारको रक्षा गर्न र बाल सुधारगृहको व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न आयोगले भनेको छ ।
साथै आयोगले बालअधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढङ्गले कार्य गर्नसमेत सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधरणलाई समेत अनुरोध गरेको छ । हाल मुलुकमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको सिकार, शिक्षा र स्वास्थ्यबाट वञ्चित, बेचबिखनको जोखिम, बाल न्यायको अभावजस्ता विषयमा विशेष ध्यान दिन आयोगले आग्रह गरेको छ ।
‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...