माल्दिभ्सबाट ७७ भारतीय सैनिकलाई फिर्ता पठाउने प्रक्रिया शुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले भारतीय सैनिकलाई फर्काउने प्रक्रिया शुरु भएको बताएका छन् । माल्दिभ्समाा ७७ जना भारतीय सैनिक रहेको अनुमान छ ।

 

गएको सेप्टेम्बरमा चुनाव जितेका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिकरूपमा आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा माल्दिभ्सको राष्ट्रपति कार्यालयले नयाँ सरकारले ७७ जना भारतीय सेना रहेको पत्ता लगाएको बताउँदै सबैलाई भारत फर्काउनेबारे प्रक्रिया शुरु भएको बताएको थियो ।

 

भारतले सहयोग दिएका हेलिकप्टर र विमानको व्यवस्थापन र मर्मतको नाममा उसका सेना माल्दिभ्समा रहँदै आएका छन् । माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण देश हो ।

 

तर अब माल्दिभ्सले कुनै पनि भारतीय थिचोमिचो नमान्ने चेतावनी दिइसकेको छ । भारतका लागि यो ठूलो झड्का हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माल्दिभ्सको नयाँ सरकारले भारतसँग एक सय भन्दा बढी सम्झौताको समीक्षा पनि गरिरहेको छ ।

‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट

काठमाडाैं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट भएकाे छ ।   मारापी पर्वतमा आइतबार ज्वालामुखी विस्फोट हुँदा ११ जनाको...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

.