कांग्रेस पदाधिकारी बैठक : भूकम्पपीडितलाई थप सहयोग गरिने


काठमाडाैं । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितलाई थप सहयोग गर्ने बताएको छ । सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने कुरामा छलफल भएको बताइएको छ ।
टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने पनि निर्णय भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
साथै मन्त्री महतले मंसिर ७ गतेको आन्दोलनलाई लिएर सरकारले गम्भीर रुपमा हेरिरहेको बताए । मंसिर ७ गते दुई पक्षको आन्दोलन भएकाले त्यसबाट आउने समस्याका बारेमा सरकार सचेत रहेको उनको भनाई छ ।
अर्थमन्त्री महतले अधिकार प्राप्तिको स्वतन्त्रताका लागि आफूहरु पनि लड्न तयार रहेको बताए ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने निर्वाचनमा सत्ता...