गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न अध्ययन समिति गठन


काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना तयार पार्न सरकारले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा समिति गठन गरेको छ । सोमबार गृह मन्त्रालयमा अध्ययन समिति गठन गरेको गरेकाे हाे ।
अध्ययन समितिमा पूर्वसचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्रा.डा.खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्र डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।
आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए ।
मन्त्री श्रेष्ठका अनुसार अध्ययन समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुझाव दिने छ ।
उनले भने, ‘जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, स्थानीय प्रशासन र सेवा प्रवाह र राष्ट्रिय परिचयपत्रको कामलाई कसरी अझै प्रभावकारी बनाउने, यसको औचित्य पुष्टि गर्ने कामलाई कसरी अघि बढाउने भन्ने सन्दर्भका कामहरू पनि छन् । गृह मन्त्रालयका सम्पूर्ण कामहरुलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध छौं ।’
‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...