पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगे


काठमाडाैं । पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी तीन वटा डुंगा चढेर इण्डोनेसिया पुगेका छन् । शरणार्थी बोकेका तीन वटा डुंगा आइतबार इण्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त पुगेको संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनएचसीआरले जनाएको छ ।
सन् २०१७ मा म्यान्मारद्वारा अल्पसंख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमन मध्येको एक हो । अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मारमा व्यापक उत्पीडनको सामना गर्नुपरेको छ । उनीहरू प्रत्येक वर्ष आफ्नो ज्यानलाई जोखिममा राखेर प्राय: कमजोर डुंगा मा मलेसिया वा इण्डोनेसियासम्म पुग्ने प्रयासमा लामो र महङ्गो समुद्री यात्रा गर्छन् ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका सहयोगी फैसल रहमानले एउटा डुंगा आचे प्रान्तको बिरेयुन जिल्लामा दुई सय ५६ रोहिङ्ग्या लिएर आइपुगेको र अर्को कम्तीमा दुई सय ३९ बोकेर आचेको पिडी क्षेत्रमा आइपुगेको जानकारी दिएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट
काठमाडाैं । इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट भएकाे छ । मारापी पर्वतमा आइतबार ज्वालामुखी विस्फोट हुँदा ११ जनाको...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित
काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...