असोजमा मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएसँगै मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक असोज महिनामा भित्रिएका छन् । पर्यटकको आवागमन बढेपछि मनास्लु क्षेत्रका होटल तथा पैदलमार्गमा चहलपहल बढेको छ ।

 

चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार ९ सय २६ विदेशीले मनास्लुको भ्रमण गरेसँगै साउनमा ८० र भदौमा ५ सय ७० विदेशी पर्यटक भित्रिएका हुन् । फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, चीन, जर्मनीलगायत देशका पर्यटक बढी मनास्लु क्षेत्र आएका हुन् ।

 

मनास्लु क्षेत्र आउने पर्यटक चुम र नुव्री उपत्यका हुँदै लार्के पास गर्ने गरेका छन् । सडक सञ्जाल विस्तार नहुँदा पदयात्रा गर्नेको रोजाइमा मनास्लु क्षेत्र पर्ने गरेको छ ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.