मतदान सरेपछि एमाले सुदूरपश्चिम अधिवेशनमा अन्योल


काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश नयाँ नेतृत्व चयन गर्न प्रयास जारी रहेकाे छ ।
मंगलबार अपराह्न ५ बजेदेखि हुने भनिएको मतदान स्थगित भएपछि बुधबार बिहान ७ बजे गर्ने भनिएको मतादान अझै अन्योलमै रहेको एमाले सुदूरपश्चिमका नेता सोमबहादुर थापाले जानकारी दिए । नेताहरु अझै सहमतिको प्रयासमा रहेको उनको भनाइ छ।
निर्वाचन समितिले भने नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार दिउँसो १ बजे मतदान हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ ।
त्यसअघि बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएको छ। उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ ।
सहमतिका लागि छलफल चलिरहँदा उम्मेदवारको अन्तिम नामावली नै प्रकाशन हुन सकेको छैन । अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...