मधेशमा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रालय टुक्र्याइयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मधेश प्रदेशमा पुनः मन्त्रालय फुटाएर सातौँपटक मन्त्रिमण्डल पुनर्गठन गरिएको छ ।

 

शिक्षा तथा समाजकल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेर मन्त्रिमण्डल पुनर्गठन गरिएको हो । सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको हो ।

 

यससँगै विनाविभागीय मन्त्रीको हैसियतमा रहेकी जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय दिइएको छ । यसअघि शिक्षा तथा समाजकल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

.