एमालेको बाग्मती प्रदेश अध्यक्षमा दाहाल र ढुंगेल उम्मेदवार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच मात्र चुनावी प्रतिस्पर्धा हुने भएको छ । एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका हुन् ।

 

वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार बिहानै उम्मेदवारी फिर्ता लिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गर्नुभएको छ । साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

 

दुवैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरूले बताएका छन् । नेताहरुले अझै पनि सहमतिको प्रयास हुने बताएपछि दाहाल र ढुंगेलबीच चुनाव हुने निश्चित भएको छ ।

 

अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सारिएको हो । भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

 

बागमती प्रदेश उपमहासचिव महेश बर्तौलाका अनुसार अध्यक्षसहितको पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न केन्द्रीय नेताहरू लागेका छन् भने सदस्यहरू सर्वसम्मत गर्न जिल्ला कमिटीलाई जिम्मा दिइएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

.