विभिन्न कार्यक्रम गरी ४४औं विश्व पर्यटन दिवस मनाइयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । विभिन्न कार्यक्रमसहित बुधबार ललितपुरस्थित पाटन दरबार क्षेत्रमा ४४औं विश्व पर्यटन दिवस मनाइएको छ । ‘पर्यटन र हरित लगानी’ भन्ने मुल नाराका साथ ४४औं विश्व पर्यटन दिवस मनाइएको हो ।

 

सो अवसरमा प्रभातफेरीसहित विभिन्न सांस्क्कृति कार्यक्रमहरुको आयोजना गरिएको छ । पाटनढोकादेखि शुरु भएको प्रभातफेरी पाटन दरबार क्षेत्र ललितपुरमा पुगेर समापन भएको थियो । नेपालमा आज पयर्टन दिवसको अवसरमा देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइँदै छ । आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढीरहेको छ ।

 

नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तिब्ररूपमा अगाडि बढाएको पाइन्छ । यसले आन्तरिक विकास, देशको गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधनान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।

‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

.