आज ४४औं विश्व पर्यटन दिवस

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आज ४४औं विश्व पर्यटन दिवस । सबैका लागि पर्यटन पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।

 

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

 

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ । पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन् ।

 

हालै सरकारले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९ ल्याएको छ । यसले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न विभिन्न कार्यक्रम अगाडि बढाएको छ । कार्ययोजना अन्तर्गत सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरिएको छ ।

११ महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक

काठमाडाैं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीदेखि नोभेम्बरसम्म नौ...

मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउँदै

काठमाडौं । पोखरामा हुने मैत्रीपूर्ण दौड प्रतियोगितामा सहभागी हुन १०४ चिनिया खेलाडी नेपाल आउने भएका छन् ।   नेपाल-चीन...

दुई जना बिदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । उत्तरी गोरखामा लेक लागेर बिरामी परेका दुई जना बिदेशी पर्यटकको उद्धार गरिएको छ ।   गोरखाको चुमनुब्री...

असोजमा मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी पर्यटक

काठमाडौं । पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएसँगै मनास्लु क्षेत्रमा २ हजार २ सय ७६ विदेशी...

चितवन निकुञ्जमा ३२ वटा जीपले पाए सफारीका लागि अनुमति

चितवन । चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा पर्ने जीप सफारी सौराहा क्षेत्रमा खुला गरिएको छ । चितवन...

विभिन्न कार्यक्रम गरी ४४औं विश्व पर्यटन दिवस मनाइयो

काठमाडौं । विभिन्न कार्यक्रमसहित बुधबार ललितपुरस्थित पाटन दरबार क्षेत्रमा ४४औं विश्व पर्यटन दिवस मनाइएको छ । ‘पर्यटन र हरित...

.