प्रहरी जवान आधारभुत तालिम ७०४औं समुहको दीक्षान्त समारोह सम्पन्न

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्तिक २० गतेबाट संचालन भएको प्रहरी जवान आधारभूत तालिम ७०४ औं समुहको दिक्षान्त समारोह सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धि राज गुरुङज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दीक्षित भई कार्यक्षेत्र जान लागेका प्रशिक्षार्थीहरुले कार्यक्रमका प्रमुख अतिथि लाई सम्मान सलामी अर्पण गरेका थियो ।

 

दीक्षित भएका प्रहरी कर्मचारीहरुले आआफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए । तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक श्री बुद्दि राज गुरुङ द्धारा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । २८२ जना प्रशिक्षार्थी मध्ये ५ जना प्रशिक्षार्थीहरुको विबिध कारणबस तालिम रद्द भइ १९ जना महिला र २५८ जना पुरुष गरि २७७ जना प्रशिक्षार्थीहरु सक्रिय रुपमा तालिममा सहभागी भई सफलता पुर्वक तालिम सम्पन्न गरेको र १७५ जना “क” श्रेणी र १०२ जना “ख” श्रेणीमा गरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तिर्ण भएका हुन् ।

 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल मुक्तिनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी , राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक कृष्ण खनाल, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोईराला, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरी, सशस्त्र प्रहरी बल हुल तथा दंगा नियन्त्रण शिक्षालय, लामापाटन पोखराका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक दिपक अधिकारी लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, बिभिन्न सुरक्षा निकायका पदाधिकारीहरु, वरिष्ठ समाजसेवीहरू, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति भएको थियो ।

‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...

एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।   ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

.